बलिउड अभिनेत्री तब्बुमाथि विमानस्थलमै हातपात भएको छ । भारतीय मिडियाका अनुसार जोधपुर विमानस्थलमा एक व्यक्तिले उनीमाथि हातपात गरेको बताइएको छ । तब्बु जोधपुरमा बहुचर्चित ‘कालो हरिणको शिकार’ मुद्दाको फैसला सुन्न पुगेकी हुन् ।
यो मुद्दामा बिहीबार फैसला हुँदैछ । मुद्दामा तब्बुसहित सलमान खान, सैफ अली खान, सोनाली बेन्द्रे र निलमविरुद्ध फैसला हुन सक्नेछ । सैफ अली खान र सोनाली बेन्द्रेसँग तब्बु जोधपुर विमानस्थलबाट बाहिर निस्किँदै गर्दा हातपात भएको बताइएको छ । ती व्यक्तिले पटक पटक तब्बुको काँधमा हात राख्ने प्रयास गरेको बताइएको छ ।