यी दिनहरुमा महिलालाई अत्याधिक यौन चाहना हुन्छ

यी दिनहरुमा महिलालाई अत्याधिक यौन चाहना हुन्छ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ फाल्गुन २०७४
  • 45.3K
    Shares

सेक्स प्राकृतिक कुरा हो । हरेक प्राणीले आफ्नो किसिमले कुनै न कुनै तरिकाले त्यसको आनन्द लिइरहेका हुन्छन् । सेक्सको सम्बन्ध प्रजननसँग जोडेर हेरिन्छ । यौनलाई पछिल्लो समय मानिसको आधारभूत आवश्यकताको रुपमा पनि लिइएको छ । मानिस जतिबेला पनि सेक्स गर्न इच्छुक हुँदैन । पुरुषको तुलनामा महिलाहरु कम उत्तेजित हुने गर्दछन् । महिलाहरुको सेक्समा रुची कुनै कुनै बेला अत्याधिक हुन्छ भने कुनै बेला कम रुची र इच्छा हुन्छ । तर पुरुष भने प्राय जतिबेला पनि उत्तेजित भइरहन र हुन सक्छ । यो लैंगीय भिन्नता हो । जबसम्म तीव्र इच्छावेगर यौनसम्बन्ध हुन्छ त्यो यौन सम्बन्ध आनन्ददायी कम र पीडादायी ज्यादा हुन्छ । साथै महिलाले बढी उत्तेजित हुने समयमा सेक्सको प्रस्ताव गरे सहजै सहजै स्वीकार गर्ने गर्दछन् । तर अन्य समयमा राखेको प्रस्तावमा महिला सहमत हुँदैनन् । यौन जीवनलाई सुखद बनाउन एकअर्काका भावना, र चाहनालाई पनि राम्रोसँग बुझ्नुपर्छ

गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ । डेली मेलमा प्रकाशित शोधका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । शोधकर्ताहरुले महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुन्छ । महिलाको मुड पनि शरीरमा हुने हर्मोनको परिवर्तनसँग सम्बन्धित हुन्छ । पुरुषलाई भने यसको फाइदा भन्दा बढी नोकशान हुने शोधकर्ताको भनाइ छ ।

 महिनाबारीको चक्रमा ओभ्युलेसन भनिने अवधिमा महिलाहरु सबै भन्दा रोमान्टिक हुने अध्यनको निष्कर्ष छ । यो समयमा महिलाहरुको सेक्स हर्मोन बढ्छ र उनीहरु पुरुषहरुप्रति आकर्षित हुन्छन् । शोधका अनुसार उत्पादक समयमा महिलाहरुको शरीर नै त्यसरी तयार हुन्छ जहाँ उनीहरु मुड फ्रेश मात्र हुँदैनन् रोमान्टिक पनि हुन्छन् ।

ओभ्युलेशन साइकलको समयमा महिलाहरु प्रकृतिकरुपमा नै पुरुषप्रति आकर्षित हुन्छन् । बढी खुसी हुन्छन् । र ओभ्युलेसनको समयमा गर्भधारणको सम्भावना पनि अधिक हुन्छ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा एस्ट्रोजनकव नामक सेक्स हर्मोन दिमागमा समेत असर गर्छ । यस्तो अवस्थामा उनीहरुलाई यौन चाहाना मात्र बढी हुँदैन गर्भधारणको शक्ति पनि बढी हुन्छ ।

प्रतिक्रिया