‘बागी २’ रिलिज अगावै ‘बागी ३’ घोषणा ! यस्तो देखिए ‘बागी-२’मा टाइगर

‘बागी २’ रिलिज अगावै ‘बागी ३’ घोषणा ! यस्तो देखिए ‘बागी-२’मा टाइगर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ फाल्गुन २०७४
  • 13.1K
    Shares

बलिउड अभिनेता टाइगर श्राफको ‘बागी’ सिरिजको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरिएको छ । यो फिल्ममा पनि टाइगरको मुख्य भूमिका हुनेछ । ‘बागी २’ को ट्रेलर रिलिज अगावै ‘बागी ३’ को घोषणा गरिएको हो ।
फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने निर्माता साजिद नाडियाडवालाले निर्माण गर्नेछन् । यो सिरिजको पहिलो फिल्म ‘बागी’ २०१६ मा रिलिज भएको थियो, जसमा टाइगर श्राफ र श्रद्धा कपूर देखिएका थिए ।
 आज अर्थात फेब्रअरी २१ मा बागीको ट्रेलर सार्वजनिक हुँदैछ । यसलाई अनौठो ढंगले सार्वजनिक तयारी भइरहेको बताइन्छ ।
फिल्ममा टाइगार श्राफसँग दिशा पटानीले जोडी बाधेकी छिन् । अफस्क्रिनमा पनि उनीहरु गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड हुन् ।फिल्मको निर्माण लागत ५० करोड बताइएको छ । ‘बागी २’ यस वर्षको अप्रिल ३० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया