अनियमितताको समाचार लेखेपछि कान्तिपुरकर्मी कुटिए

अनियमितताको समाचार लेखेपछि कान्तिपुरकर्मी कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ भाद्र २०७३
  • 11.3K
    Shares

समाचार लेखेका कारण कान्तिपुरकर्मी देवनारायण साहलाई सिरहाको लाहानमा एक युवकले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् । फुलकहाकट्टी घर भई हाल लहान बस्दै आएका विरु भन्ने विरेन्द्र यादबले पत्रकार साहलाई आज कुटपिट गरेका हुन ।

यादब राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका कार्यकर्ता हुन । पशु सेवा केन्द्र भगवानपुरको भवन निर्माणमा अनियमितता भएको सामाचार कान्तिपुरमा आज प्रकाशित भएको बिषयमा यादवले कुटपिट गरेको शाहले बताएका छन् । । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले यादवको खोजी कार्य भइरहेको भन्दै पक्राउ गरि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया