पोखरामा एक युवकले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् । पोखरा ८ सिमलचौरमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेपछि श्रीमान्ले विष सेवन गरी आत्महत्या गरेका हुन् । स्याङजा किचनास ३ का २२ बर्षीय संजिब वहादुर नेपालीले श्रीमती स्याङजा पौवेगौडे – २ की २२ बर्षीय सोनम रेग्मीको घाटी रेटेर हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि विष सेवन गरेका उनको पनि मृत्यु भएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
पाँच बर्ष अघि विहे भएपनि एक आपसमा नमिलेपछि उनीहरु छुट्टा छुट्टै बस्दै आएका थिए । नेपाली बुधवार श्रीमती सोनम बसेको घरमा पुगेर उनीमाथि छुरा प्रहार गरेका हुन् । सोनमको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीलाई चक्कुले घाटी रेटेपछि विष सेवन गरेका संजिबको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

दुबैको शब पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनीहरु विच छोडपत्रको लागि जिल्ला अदालतमा निवेदन समेत दर्ता भईसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।