पोखरामा विन्धवासिनी २६ बस गुड्न थाले

पोखरामा विन्धवासिनी २६ बस गुड्न थाले


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ भाद्र २०७३
  • 16.2K
    Shares

सरकार सिण्डिकेटका विरुद्धमा उत्रिएपछि पोखरा नगर क्षेत्रमा बुधबारदेखि विन्ध्यवासिनीका २६ वटा नयाँ बस गुड्न थालेका छन् । विन्ध्यावासिनी यातायात बस ब्यवसायी समिति अन्तर्गतका नयाँ बसहरु पोखराको सडकमा गुड्न थालेका हुन् ।
समिति अन्तर्गत पोखराको सडकमा अब २९ वटा बस पुगेका छन् । समितिका बसहरु छोरेपाटन लामाचौर हदै भुनपुरे, छोरेपाटन महेन्द्रगुफा जयमुरे, भोटेचौतारा देखि जिरो हुदै म्याम्दी , खाल्टेमसिना देखि ट्याक्सीचोक हुदै सिम्पानी, आर्वालाखुरीदेखि खहरे र मनिपाल देखि बेलघारी हुदै कृष्ती सम्म सञ्चालन हुनेछ । 

यसअघि तीनबटा बसबाट सेवा प्रदान गर्दै आएको समितिले २६ वटा नयाँ बस थप गरि सञ्चालनमा ल्याएको हो । समितिले ६ वटा रुटमा अनुमति पाए पछि बस सञ्चालन भएका हुन् । समितिको नयाँ बसलाई यातायात ब्यवस्था कार्यालय गण्डकीले साउन २१ गते रुट ईजाजत प्रदान गरेको हो ।

यसअघि पुरानो समितिले सेवा प्रदान गर्न नसकेका रुटमा सिधा बस सेवा प्रदान गर्ने गरी सञ्चालन सुरु गरेको समितिको भनाई छ । सचिव अधिकारीले बताए । समितिले गत बर्षको माघ १८ गते रुट ईजाजत प्राप्त गरी २२ गतेदेखि पोखराको सडकमा आफ्ना तीन गाडी गुडाउन सुरु गरेको थियो ।

प्रतिक्रिया