तपाईंले मानव तस्करीका धेरै समाचार सुन्नुभएको होला । तर, मानिसलाई ब्यागभित्र कोचेर तस्करी गरिएको घटना भने नौलो लाग्न सक्छ ।
यस्तै भएको छ इटलीमा । त्यहाँ एक ब्रिटिश मोडललाई सुटकेसभित्र कोचेर यौनदासीका रुपमा तस्करी गरिएको हो । उनी गत जुलाईमा अपहरणमा परेकी थिइन् ।
ब्रिटिश मोडल च्लोइ एइलिङमाथिको ज्यादतिबारे बुधबार एउटा मुद्दाको सुनवाईका क्रममा खुलासा भएको इटालियन न्यूज एजेन्सीले जनाएको छ । कहिलेकाहीँ बेलायतमा बस्ने ३० वषिर्य लुकास्ज हेर्बाले फोटोसुटको बहानामा उनलाई लन्डनबाट इटलीमा बोलाएका थिए र मिलानबाट अपहरण गरेका थिए ।
वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार एइलिङले आफूलाई अपहरणकारीहरुले इन्टरनेटमा लिलामी गर्न खोजेको बयान दिएकी छिन् । २० वषिर्या मोडललाई ३ लाख डलरमा यौनदासीका रुपमा बेच्न खोजिएको थियो ।
इटालियन अनुसन्धानकर्ताहरुलाई एइलिङले बताएअनुसार उनलाई नशालु पदार्थ खुवाएर मुखमा टेप लगाइदिएर सानो दुलो पारिएको ब्यागमा कोचेर कारको डिकीमा हालेर दुर्गम स्थानमा रहेको फार्महाउसमा पुर्याइएको थियो । त्यहाँ उनलाई हातगोडा रुखमा बाँधेर राखिएको थियो ।
बुधबार हेर्बाको सुनवाइका क्रममा अनुसन्धाकर्ताहरुले मोडेललाई अपहरणकारीहरुले मानसिक यातनामा समेत राखेको बताए । एइलिङलाई छोडिए लगत्तै हेर्बालाई १७ जुलाईमा गिराफ्तार गरिएको थियो । इटालियन तथा बि्रटिश मिडियाका अनुसार ती मोडल दुई वषिर्य बच्चाको आमा भएको थाहा पाएपछि अपहरणकारी आफैंले छोडिदिएका थिए ।