आफै चढेको बसले किच्दा यात्रुको मृत्यु

आफै चढेको बसले किच्दा यात्रुको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ भाद्र २०७३
  • 10.9K
    Shares

पोखराको काजिपोखरीमा आफै चढेको नगरबसले किच्दा एक यात्रुको ज्यान गएको छ । पोखराको बगरबाट खाल्टेमसिना जादै गरेको ग १ ख ५६६३ नम्बरको नगरवसले सोहि बसमा यात्रा गरी झरेका यात्रुलाई किचेको हो ।

मृत्यु हुनेमा तनहुँ ब्यास ११ बस्ने २४ बर्षीय सुमन गुरुङको रहेको प्रहरीले जनाएको छ । पोखरा १८ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पस अगाडि बसबाट झरेका गुरुङलाई सोहि बसले किचेको हो । बस चालकले गुडिरहेको बस नरोक्दै झर्दा पछाडिको चक्काले किचेको बयान दिएका छन् । चालक र बस प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया