फिल्म निर्माता राणामाथि खुकुरी प्रहार

फिल्म निर्माता राणामाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ साउन २०७३
  • 11.2K
    Shares

फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ ।मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् ।

प्रतिक्रिया