नायक शिव श्रेष्ठ ‘एउटा यस्तो प्रेमकहानी’ फिल्म बनाउँदै

नायक शिव श्रेष्ठ ‘एउटा यस्तो प्रेमकहानी’ फिल्म बनाउँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० पुष २०७४
  • 15.9K
    Shares

नायक नायिका निर्माता बन्ने होड चलिरहेकै बेला लामो समय अभिनययात्रामा सक्रिय नेपाली फिल्मका नायक शिव श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने फिल्मको नाम ‘एउटा यस्तो प्रेमकहानी’ राखिएको छ । यसको निर्देशन दीपेश सापकोटाले गर्ने बताइएको छ ।

फिल्ममा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिकामा रहनेछ । वर्षा यही फिल्मका लागि तौल घटाउन अस्ट्रेलिया गएकी हुन् । फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै नरेन खड्का, विष्णु चेम्जोङलगायतका कलाकार पनि फिल्मका लागि अनुबन्धित भइसकेका छन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेको कथामा फिल्म बन्न लागेको हो । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया