नेपाली दिदी बैनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा धेरै तीजका गीत आइरहेका छन् । ती मध्येको हाइ हाई हाइ ले निकै चर्चा बटुल्न सफल भएको छ । नेपाली दर्शक र श्रोता ले अत्याधिक मनपराईरहेको प्रतिक्रिया आइरहेको गायिका कुशुम के.सीले बताउनुभएको छ ।
पत्रकारिता सगै लोक संगीतमा समेत लागि परेका सन्तोष सुवेदी र कुशुम के.सी को स्वरमा रहेको एल्वम हाइ हाइ हाइ आशिष म्यूजिकले बजारमा ल्याएको हो । बब्बु थापाको निर्देशनमा तयार पारिएको भिडियोमा बब्बुथापा र गायिका कुशुम के.सी स्व्ा यममा अभिनय गर्नुभएको छ ।
गोविन्द प्रसाद कोइरालाको शब्द रहेको हाइ हाइ हाइ मा कुसुम के सि को सब्द सयोजन रहेको छ । आफुले धेरै गितहरुको भिडियोमा निर्देशन गरेको तर यो गित उत्कृष्ट रहेको निर्देशक बब्बु थापाले बताउनुभयो