मापसेमा परेपछि मन्त्रीकाे राजीनामा

मापसेमा परेपछि मन्त्रीकाे राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ साउन २०७३
  • 15.7K
    Shares

मापासे सेवन गरी सवारी साधन चलाएपछि पक्राउ परेकी स्वीडेनकी मन्त्री अाइदा हादजियालिकले अाफ्नाे पदबाट राजीनामा दिएकी छिन् । स्वीडेनकी शिक्षा मन्त्री हादजियालिक शनिबार छुटकाे सीमा भन्दा माथि मदिरा सेवन गरि सवारी साधान चलार्इ रहेकाे अवस्थामा पक्राउ परेकी थिइन् । हादजियालिक स्वीडेनकाे मन्त्री मण्डलकी सबै भन्दा कान्छी सदस्य थिइन् ।

मापसेमा पक्राउ परेपछि उनले अाफुले जीवनकै सबैभन्दा ठुलाे गल्ति गरेकाे बताएकी छिन् । उनी स्वीडेनकाे मन्त्री मण्डलमा स्थान बनाउने मुस्लिम महिला पनि हुन् । उनी ५ वर्षकाे उमेरमा बाेस्नियाबाट शरणार्थीकाे रूपमा स्वीडेन अाएकी थिइन् ।

स्वीडेनकाे साेसियल डेमाेक्रेटिक पार्टीकी सदस्य हादजियालिकले अाफुले स्वीडेन र डेनमार्ककाे सिमानामा पर्ने एक स्थानमा मदिरा सेवन गरेकाे स्वीकार गरेकी थिइन् । उनले अाफुले गल्ती गरेकाे स्वीकार गर्दै नैतिकताकाे अाधारमा पदबाट राजीनामा दिएकी हुन् । २९ वर्षिय हादजियालिक स्वीडेनकाे मन्त्री मण्डलमा स्थान बनाउने अहिले सम्मकै सबै भन्दा कान्छी सदस्य हुन् ।

प्रतिक्रिया