न्युयोर्कमा इश्लामिक धर्मगुरु र उनका सहयोगीको गोली हानी हत्या

न्युयोर्कमा इश्लामिक धर्मगुरु र उनका सहयोगीको गोली हानी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ साउन २०७३
  • 10.4K
    Shares

इश्लामिक धर्मगुरु र उनको सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिँडिरहेको बेला पछाडिबाट एक व्यक्तिले उनीहरुको टाउकोमा गोली प्रहार गरेको प्रहरीले बताएको छ । बंगलादेशबाट दुई वर्ष अघि ५५ वर्षीय इमाम मौलाना अकोन्जी अमेरिका आएको बताइएको छ । यस्तै उनको सहयोगी थारा उद्दिन ६४ वर्षका थिए । उनीहरुलाई अल–फुर्कान मस्जिदबाट निस्किए लगत्तै गोली प्रहार गरिएको थियो । यद्यपि प्रहरीका अनुसार उनीहरु दुईजना धर्मका कारण मारिएको हुनसक्ने कुनै तथ्य फेला परेको छैन ।

इमामकाे हत्या भएकाे स्थलमा जम्मा भएका समर्थकहरुले भने यो ‘हेट क्राइम’ नै भएको दाबा गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया