माओवादीसँगको गोली हानाहानमा तीनको मृत्यु

माओवादीसँगको गोली हानाहानमा तीनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ माघ २०७२
  • 14.1K
    Shares

भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ ।  जङ्गलको पहाडी इलाकामा भएको गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।
जिराम उपत्यकामा माओवादी विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु भईसकेको बताइएको छ । उक्त आक्रमणहरुमा कांग्रेस पार्टीका स्थानीय नेता र अन्य वरिष्ठ नेता हरुमा मारिएका छन् । सो आक्रमणहरुमा अन्य कैयौ व्यक्ति घाइते भएका छन् । यी माओवादी विद्रोहीहरुलाई माओवादी विद्रोहीको नामबाट पनि चिनिन्ने गरिएको छ । एजेन्सी

प्रतिक्रिया