क्रिकेटर पृथुसहित ‘डेजा भू’का संचालकलाई ३३ लाखभन्दा बढीको ठगी मुद्दा

क्रिकेटर पृथुसहित ‘डेजा भू’का संचालकलाई ३३ लाखभन्दा बढीको ठगी मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ पुष २०७४
  • 20.6K
    Shares

काठमाडौंको डेजाभू डिस्कोका १० जना संचालक विरुद्ध ठगी मुद्दा दायर गरिएको छ। काठमाडौं प्रहरी परिसरले क्रिकेटर पृथु बाँस्कोटा, जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी रितेश माडवारी र राजेश महर्जनसहितका १० जना विरुद्ध मुद्दा दायर गरेको हो।

३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले बताए। डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट विक्री गरी ठगी गरेको उनीहरूमाथि आरोप लगाइएको छ। स्वास्थ्यका कारण मार्स मेलो नआएपछि तोडफोड भएको थियो। उनीहरू अाजै धराैटीमा छुट्न सकिने संभावना छ। उनीहरूलाई २८ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया