काठमाडौं महानगरपालिका–५ थानकोट सरस्वतीस्थानमा वा.१ ज ५९३४ नम्बरको ट्याक्सी स्टार्ट गर्ने क्रममा आगलागी भएको छ । अचानक आगलागी हुँदा ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभन्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी सोही ठाउँ बस्ने २७ वर्षीय सूर्यबहादुर तामाङ जलेर घाइते भएका छन् । उनीहरुलाई तत्काल उपचारको लागि वीर अस्पताल लगिएको छ ।
ट्याक्सीको अगाडिको भाग जलेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।