१८ वर्षका युवकसँग भागेकी ३२ वर्षकी एक महिला होटलबाट पक्राउ

१८ वर्षका युवकसँग भागेकी ३२ वर्षकी एक महिला होटलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ साउन २०७३
  • 12.6K
    Shares

भैरहवाबाट भागेर महोत्तरी आइपुगेका दुई जनालाई प्रहरीले बर्दिबासको एक होटलबाट पक्राउ गरेको छ । अबैध यौन क्रियाकलापमा संलग्न भएको अभियोगमा बिहीबार बेलुका बर्दिबासको जनता होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको भैरहवा घर भएका १८ वर्षका एक युवक र उनकी यौन साथी ३२ वर्षकी महिला छन् । युवक कक्षा ११ मा पर्ने विद्यार्थी हुन् भने महिला दुई छोराछोरीकी आमा हुन् ।

उनीहरुलाई पक्राउ गर्दा महिलाका ८ र ६ वर्षका दुई छोराछोरी पनि साथमै थिए । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय बर्दिबासमा गएर महिलाका पति र बुवाले उनीहरु बर्दिबासको एक होटलमा बसेको जानकारी गराएपछि बेलुका होटलमै गएर प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु राति बास बस्ने उद्देश्यले होटलमा पुगेका प्रहरीले जनाएको छ । महिलाको साथबाट प्रहरीले ७० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

एक हप्ताअघि नै घरबाटभागेका उनीहरु काठमाडौं र जनकपुरका विभिन्न ठाउँमा बस्दै बर्दिबास आइपुगेका प्रहरीले जनाएको छ । घरबाट नगद र बालबच्चा लिएर श्रीमती बेपत्ता भएपछि ती महिलाका पतिले उनको खोजी सुरु गरेका थिए ।

श्रीमती र बालबच्चाको खोजी गरिपाउँ भनेर उनले जिल्ला प्रहरी कार्यालय भैरहवामा उजुरी समेत गरेका प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले पतिबाट आफूलाई यौन सन्तुष्टि नभएपछि गाउँको युवकलाई लिएर हिँडेको बयान प्रहरीलाई दिएकी छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले शुक्रबार बिहानै उनीहरुलाई जिल्ला जिल्ला प्रहरी कार्यालय भैरहवा पठाएको छ ।

प्रतिक्रिया