१९ औं सडक महोत्सव: आन्तरिक पर्यटकलाई निम्ता दिन आयोजक टोली छिमेकी जिल्लाको भम्रणमा

१९ औं सडक महोत्सव: आन्तरिक पर्यटकलाई निम्ता दिन आयोजक टोली छिमेकी जिल्लाको भम्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ पुष २०७४
  • 13.8K
    Shares

कास्की, ४ पुससडकमै खाउा ,सडकमै नाचौ र सडकमै रमाऔं भन्ने मूल नाराका साथ हुन लागेको १९ औं संस्करणको पोखरा सडक महोत्सव ०७४ को प्रचारका सगै आन्तरीक पर्यटकलाई निम्ता दिन आयोजक सहितको टोली मंगलबार छिमेकी जिल्लाहरुको भमणमा निस्केको छ छ ।

आउादो अंग्रेजी नववर्ष सन् २०१८ को अबसर पारि रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल -रेवान) पोखराले लेकसाइड स्थित फेबाताल किनारमा आउदो पुस १३ देखि १७ गतेसम्म आयोजना गर्ने महोत्सबको प्रचारको सगै आन्तरिक पर्यटकलाई निम्ता दिन छिमेकी जिल्लाहरुको भमणमा निस्केको हो ।
रेबान पोखराका अध्यक्ष चौ बहादुर गुरुङको नेतृतबमा २० जनाको टोली पोखराबाट निस्केको हो ।

टोलीले आज बुधबार बुटबलमा र बिहिबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्बको प्रचार सगै आन्तरिक पर्यटकहरुलाई निम्ता दिने अध्यक्ष गुरुङले जानकारि दिए ।
आन्तरिक तथा बाहृय पर्यटकलाई पोखरामा आर्कषर्ीत गरि पोखरालाई अग्रेजी नयाा बर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्ने उदेश्यले महोत्सब आयोजना गदै आईएको अध्यक्ष एब महोत्सब संयोजक गुरुङले जानकारि दिए । यस्का साथै पोखरा र यस क्षेत्रको बरिपरि ओझोलमा परेका कला, संस्कृति र रहनसहनको प्रचार सगै बिदेशी मााझ नेपाली कला संस्कृती चिनाउने र आदान प्रदान गर्ने उदेश्य समेत महोत्सबको उदेश्य रहेको उनले बताए ।

लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटन सम्मको ३ किलोमिटरको सडकमा हुन लागेको पााच दिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाहृय पर्यटक भित्रयाउने लक्ष्य रेवानले लिएको उनले बताए ।

महोत्सवमा गरिने मनोरन्जन गतिविधिको लागि फोवाताल किनारमा रहेको कोमागाने मैदानमा सम्र्पूण व्यवस्था मिलाईनेछ । र्पाकभित्र विभिन्न एक सयभन्दा बढी स्टलहरु राखिने र महोत्सव अवधीभर पर्यटकले सडकमै खानपिन र मनोरञ्जन गरी महोत्सवको मज्जा लिन पाउनेछन् ।
यसै गरि त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुले मेला अवधिभर आफ्ना भान्छा सडकमै राख्ने र सडकबाटै पर्यटकलाई सेवा दिने अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा राष्टिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारि दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिनेे रेवान पोखराका सल्लाहकार एंब पुर्ब अध्यक्ष बलराम पहारिले जानकारि दिए ।

प्रतिक्रिया