ट्रान्समिटरका कारण मैदानवासी आतंकित

ट्रान्समिटरका कारण मैदानवासी आतंकित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ साउन २०७३
  • 12.9K
    Shares

विद्युत वितरणका लागी राखिएको ट्रान्समिटरका कारण पोखरा–१६ मैदानका स्थानियवासी आतङ्कित भएका छन् । बिजुली नआउँदा ढुक्कसंग बस्ने गरेका स्थानिय बिजुली आउँदा ट्रान्समिटर पडकनुका साथै तारहरुमा धुँवाको मुस्लो सहित आगो बल्न थालेपछि उनिहरु ढोका थुनेर बस्न बाध्य भएका छन् ।

विगत १ महिनादेखि यस्तो हुन थालेपछि उनिहरु ढुक्कले बस्न पाएका छैनन् । मुख्य सडकमै रहेका ट्रान्समिटरमा दैनिक रुपमा धुँवाको मुस्लो सहित आगो बल्न थालेपछि त्यस सडक हुँदै हिडने बटुवा र सवारी साधन समेत त्रासित हुने गरेका छन् ।

ट्रान्समिटरमा क्षमता भन्दा बढी लोड भएका कारण विद्युत सर्ट भएको प्राविधिक कारण बताउने गरेपनि त्यसको दिर्घकालिन समाधान तर्फ नजाँदा स्थानिय उपभोक्ता आक्रोशित बनेका हुन् । नजिकै रहेको ट्रान्समिटरका कारण बिजुली बाल्न नपाउनुका साथै ढुक्कले समेत बस्न नपाएको स्थानियवासी अनिता पौडेलले बताउनुभयो ।
समस्याको दिर्घकालिन समाधानका लागी विद्युत प्राधिकरणसंग आग्रह गरेपनि प्राधिकरणले भने सामान्य मर्मत गरेर झारा टार्ने गरेको अर्का स्थानिय झलक थापाले बताउनुभयो । उहाँले भन्नुभयो( कर्मचारी नआएको दिन छैन् तर ट्रान्समिटरमा आगो बल्न नछाडेको पनि दिन छैन,, ।

ट्रान्समिटरकै कारण आगलागी हुने हो की भन्ने चिन्ता उनिहरुलाई छ । सयौं विद्यार्थी बालबालिका पनि त्यही क्षेत्र भएर हिँडने गरेका कारण जोखिम झन बढेको हो । ट्रान्समिटर कै कारण त्रासित बनेकाहरुले त्यस क्षेत्रबाट ट्रान्समितर नै अन्यत्रै सार्नुपर्ने बताउन थालेका छन् ।

प्रतिक्रिया