गुडिरहेको रेलको छत काटेर करोडौं रकम चोरी

गुडिरहेको रेलको छत काटेर करोडौं रकम चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ साउन २०७३
  • 7.8K
    Shares

भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डाँकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् । रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैयाँ सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाँका समूहले रेलको छत काटेर बिच बाटोबाटै पाँच करोड रुपैयाँ चोरेर फरार भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार चेन्नाई पुगेर रेलबाट रकम झिक्न लाग्दा मात्रै पैसा चोरिएको थाहा भएको थियो । पैसा राखिएका २२६ पेटीहरुमध्ये चार पेटीहरु च्यातिएका र तोडफोड भएको पाइएको थियो । ति पेटीहरुमा सन् २००५ भन्दा अघिका पुराना र च्यातिएका नोटहरु पनि थिए । प्रहरीले यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया