इटली रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट असफल भएको छ । गएराति भएको प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।
इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो । योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।