वुटवल पावर कम्पनीले गएको साउनदेखि विद्युत् महशुल वृद्धि गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी स्याङजाले विरोध गर्दै तत्काल पुनर्र्विार गर्न आग्रह गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी आक्रोशले आज एक प्रेस विज्ञपीत प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् । उनले विद्युत् महशुल घटाउने बारे वुटवल पावर कम्पनीले पुर्नविचार नगरे सो कम्पनीमा जुनसुकै अपि्रय घटना हुन सक्ने जनाऊ दिंदै त्यसको जिम्मेवारी वुटवल पावर कम्पनीकै हुने विज्ञप्तिमा चेतावनी दिएका छन् ।
विद्यु्त महशुल आकस्मिक रुपमा वृद्धि भएको विषयमा अध्ययन गर्दा वुटवल पावर कम्पनी नाफामा भएपनि घाटा भएको भनेर सार्वजनिक गरिएको कुरा औंल्याउँदै हालको विद्युत् महशुल वृद्धि जलमाफिया र राज्यका सञ्चालकहरु बीचको कशिनको खेलमा गरिएको विज्ञप्तिमा आरोप लगाइएको छ । वाषिर्क दुईकरोड रुपियाँ रोयल्टी बुझाएको वुटवल पावर कम्पनीले कम्पनी प्रभावित इोत्रका जनतामा खासै लगानी नगरेको विज्ञप्तिमा गुनासो गरिएको छ ।