आश तमु,पोखरा कार्तिक १७| देश प्रदेश सभाको चुनावमा होमिएको बेला उम्मेदवारी दिएका सम्पुर्ण उम्मेदवारहरु जनताहरुको भोट आफू तिर तान्ने कसरतमा लागि परेका छन।
देश चुनाव मय भएको बेला विभिन्न माध्यम सामाजिक सञ्जाल देखि भेटघाट मार्फत आफुलाई भोट माग्न लागि परेका छन। त्यसै गरि जब बहालवाला कानुन मन्त्री तथा प्रतिनिधी सभा कास्की क्षेत्र न १ का यज्ञ बहादुर थापा पोखरा लेखनाथ महानगर पालिका वडा न: १० स्थित वडा प्रहरी कार्यालय नजिकै दिपेस मोटो वर्कसपले आयोजना गरेको दोर्सो एकता टोल विविध सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्दै गर्दा दर्शक वीचवाट एक युवाले जोरले प्रश्न गर्दै भने, “के ! नेपाली काङ्ग्रेसले चुनाव जिते नेपाली युवालाई रोजगार दिन सक्छ ? अहिले सम्म के गरेका बसेका छौ त? पहिला पनि जितेका नै थियौ त ! ”
प्रतिनिधि सभाबाट उम्मेद्वार दिएका थापाले आफ्ना उम्मेदवार किन र प्रतिबद्धता जाहेर गर्दै गर्दा एक युवाले दर्शक माझ बाटै प्रश्न गरेका हुन।आफ्नो नाम भेश थापा बताउने ति युवाले निकै आक्रोशित हुँदै आफू पनि काङ्ग्रेस प्रेमी हु तर चुनावको बेला मात्र भोट माग्नको लागि आश्वासन नबाड्न भन्दै उफ्रीय पछी सुरक्षाकर्मीहरुले उसलाई शान्त बनाएका थिय।
केही समय अक्क न बक्क परे पछी मन्त्री थापाले साझको बेला मनोरञ्जनात्मक कार्यक्रममा भाषण धेरै गर्ने मनसाय नभएको भन्दै आगामी प्रदेश चुनावमा नेपाली काङ्ग्रेसलाई अत्याधिक बहुमतले बिजयी गराउनु भन्दै स्टेज छोडेका थिय।