पोखरा, १६ कात्तिक /नेपाली काँग्रेसका नेता नरेसशंकर पालिखेले बागी उमेद्वारी दिएका छन् । कास्की क्षेत्र नम्बर २ ख बाट उनले प्रदेश सभासद्का लागि उमेद्वारी दिएका हुन् ।
नेपाली काँग्रेसबाट उमेद्वारी नपाए पछि उनले स्वतन्त्र रुपमा उमेद्वारी दिएका हुन् । पार्टीबाट टिकट नपाए पछि उनी स्वतन्त्र उमेद्वार बनेको बताए । नेपाली काग्रेसले कास्की क्षेत्र नम्बर २ ख विन्दु थापालाई उमेद्वार बनाएको छ ।