पोखराको फेवातालमा डुंगा पल्टिएको छ । डुंगामा सवारमध्ये २ जना हराइरहेका छन् भने ६ जनाको उद्धार भएको छ । उद्धार गरिएका मध्ये २ जनाको अवस्था गम्भिर छ ।
उनीहरुले लाईफ ज्याकेट नलगाएको प्रहरीको भनाई छ । स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । डुंगा चालक बाहेक उनीहरु काठमाडौंबाट घुम्न आएका हुन् ।वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ । फेवाताल पारि पुगेर फर्किदै गर्दा डुंगा दुर्घटनामा परेको हो । फेवातालको बिच भागमा डुंगा फर्किदै गदा भएका कारण सबैको उद्धार हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।