आमिर खानको फिल्म खेल्न अस्वीकार गरिन् टीभी सिरियलकी अभिनेत्री बुलबुलले

आमिर खानको फिल्म खेल्न अस्वीकार गरिन् टीभी सिरियलकी अभिनेत्री बुलबुलले


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असोज २०७४
  • 9.8K
    Shares

आमिर खान बलिउडका सुपरस्टार हुन्। उनीसँग काम गर्न हरेक कलाकार तयार हुन्छन्। आमिर बलिउडमा मिस्टर परफेक्टनिष्टले परिचित छन् र उनका फिल्मले बलिउडमा सबै रेकर्ड तोड्ने गरेका छन्। तर हालै आएको एक खबर अनुसार आमिरको फिल्ममा खेल्न एक टिभी सिरियलकी नव अभिनेत्रीले अस्वीकार गरेकी छन्।

भारतीय सिरियल ‘कुमकुम भाग्य’की ‘बुलबुल’ अर्थात मृणाल ठाकुर हिजोआज आफ्नो हलिउड फिल्म ‘लव सोनिया’लाई लिएर निकै चर्चामा छिन्। यस फिल्ममा उनको अभिनयले निकै प्रभावित आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा खेलाउने मन बनाएका थिए। तर मृणालले आमिरको फिल्ममा खेल्न सिधै अस्वीकार गरिन्।

आमिर खानले मृणाललाई म्यासेज गरेर उनीसँग काम गर्ने मन भएको बताएका थिए। फिल्मका निर्माता आदित्य चोपडाले पनि मृणालसँग काम गर्ने इच्छा जताएका थिए तर उनले आदित्य र अामिरको प्रस्ताव अस्वीकार गरिन्।

बलिउडमा राम्रो ब्रेकको खोजीमा रहेकी मृणालले ‘सुल्तान’को लागि पनि अडिसन दिएकी थिइन्। तर उनी सफल भइनन्। तर मृणालको ट्यालेण्ट बुझेर उनले ‘ठग्स अफ हिन्दुस्तान’को लागि प्रस्ताव राखेका थिए।

खबरका अनुसार ‘दंगल’मा पनि आमिरले मृणाललाई लिन खोजेका थिए तर मृणालले मानिनन्।

स्रोतका अनुसार उनले अन्तर्राष्ट्रिय करिअरमा असर पर्ने भएकाले कुनै फिल्म नखेलेकी हुन्।

प्रतिक्रिया