मुम्बई भागदौडमा एक नेपालीको मृत्यु भएको पुष्टि

मुम्बई भागदौडमा एक नेपालीको मृत्यु भएको पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असोज २०७४
  • 8.7K
    Shares

मुम्बईको रेलवे स्टेशनमा भएको भागदौडमा एक नेपालीको पनि मृत्यु भएको छ । गत शुक्रबार मुम्बईमा एक रेलवे स्टेशनलाई जोड्ने पुलमा भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कपिलवस्तुका टिकाराम तेली पनि भएको खुलेको छ । उनी मुम्बईमा बस्दै आएका थिए ।

 

नवमीको दिन दशैं मनाउने खर्च जुटाउन उनी काममा गएका थिए तर, भागदौडमा परेर ज्यान गुमाएका छन् । शुक्रबार बिन्द्रावतीलाई श्रीमान टिकारामको फोनबाट कल आयो । उनलाई भनियो कि भागदौडमा टिकाराम घाइते भएका छन् र केईएम अस्पताल लगिएको छ । यसरी नै उनका आफन्त र साथीभाइलाई फोन गयो । त्यसपछि त्यो नम्बरमा फोन लागेन ।

उनका साथीभाइ अब अस्पताल पुगे, टिकारामको नाम घाइतेको होइन, मृतकको सूचीमा थियो । पत्नी बिन्द्रावतीका अनुसार टिकारामसँग सामसुङ फोन थियो । तर, प्रहरीले भने उनको साथमा फोन नभेटिएको बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

टिकारामका साथी दिलिपका अनुसार दुई दशकदेखि मुम्बईमा बस्दै आएका थिए र, दादर प्लाजाको तरकारी बजारमा काम गर्थे । उनकी पत्नी बिन्द्रावती ४८ घन्टा लामो ट्रेनको यात्रापछि सोमबार मात्र आइपुगेकी छन् । टिकारामका चार छोराछोरी छन्, जो ३ देखि १२ वर्षका छन् र नेपालमा पढ्छन् ।

प्रतिक्रिया