पोखरा , १८ असोज २०८३।
रुपन्देहीमा एक व्यक्तिलाई गोली हानेर भागेका तीन जना पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने वर्ष २२ को रायन खत्री क्षेत्रीलाई शनिबार गोली हानेर भागेका तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा देवदह नगरपालिका–५ स्थायी वतन भएका वर्ष ४२ को दीपक खरेल भन्ने दुर्गा प्रसाद खरेल, सोही वडाको मितेरी गाउँ बस्ने वर्ष ३८ को कमल शर्मा र वर्ष १८ को अमृत खरेल रहेका प्रहरीले जानकारी दिएको छ। छन्। उनीहरुको साथबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउन्ड गोली बरामद भएको प्रहरीको दाबी छ।
उनीहरुले हानेको गोली लागेर घाइते भएका खत्रीको दाहिने गालाको छाला खोसिएर घाइते भई देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।।