बागलुङमा भीरबाट प्रहरीले उद्धार गरेका व्यक्तिको अस्पतालमा मृत्यु

बागलुङमा भीरबाट प्रहरीले उद्धार गरेका व्यक्तिको अस्पतालमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 494
    Shares

बागलुङ, १२ असोज २०८३ ।

बागलुङमा भीरबाट प्रहरीले उद्धार गरेका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको छ।

बागलुङ नगरपालिका–४ ओडारे भीरबार्ट घाइते अवस्थामा प्रहरीले उद्धार गरेका स्थानीय ५२ वर्षीय चित्र गोतामेको बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार , ओडारेमा भिरबाट करिब ३०० मिटर तल खसेर भिरमै अड्किएको अवस्थामा घाइते भएका गोतामेलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी टोलीले उद्धार गरेको थियो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका गोतामेलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया