नासा-अन्मा सम्मेलनमा आयोजकको निमन्त्रणमा आएकी किशोरी गायिकाले आफू माथि यौन दुर्व्यवहार भएको आरोप लगाएपछि आयोजकले प्रहरी डाक्नु परेको थियो । संस्थाका एक जना पदाधिकारीले आफू माथि दुराशयपुर्ण व्यवहार गरेको महसुस भएपछि किशोरी गायिका निक्की कार्कीले आयोजकलाई प्रहरी वोलाउने भनेकी थिइन । उनको आरोप सुनेपछि आयोजकले नै प्रहरी डाकेका थिए ।
प्रहरीले दुवै पक्षको कुरा सुनेपछि प्रमाण नपुगेको भन्दै अरुनै कानुनी उपचार लिन सुझाव दिई फर्किएको थियो । प्रहरीले अदालत जान सुझाव दिएको बताइएको छ । मैले कानुनी उपचारनै खोज्नु पर्छ निक्कीले हिमालयखवरसंग भनिन् यसका लागि मैले कानुनी परामर्शसमेत लिईसकें ।
मैले कार्यक्रममा कसैलाई चिनेको थिइन निक्कीले भनिन् त्यो दुर्व्यवहार गर्ने व्यक्तिले आयोजकको तर्फबाट मै हो भनेर मलाई सम्पर्क गरेको थियो। संस्थाका अन्य पदाधिकारीले उक्त व्यक्तिलाई कारबाही गर्छु भनेपनि अहिलेसम्म संस्थाले केही कारबाही नगरेको उनले वताईन । क्यालिफोर्निया बस्ने निक्कीले कारबाही भएन भने अदालतमै सिभिल लसुट गर्ने पक्षमा रहेको वताईन । त्यस बेला प्रहरीले पनि सिभिल ल सुट गर्न सुझाव दिएको उनले जानकारी दिइन् ।
गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा उक्त सम्मेलन भएको थियो । उक्त कार्यक्रममा राखिएको कन्सर्टमा प्रस्तुति दिन निक्कीलाई बोलाईएको थियो । मिठो स्वर भएकी निक्की गायिका हुन । उनी अमेरिकामा हुने नेपाली समुदायको कार्यक्रममा प्रस्तुति दिदैं आएकी छिन् ।
यो आरोप पछि संस्थाले यसलाई गरिम्भर रूपमा लिई छानबिन गरिरहेको छ । आरोप लागेको व्यक्तिले माफी माग्दै पत्र पठाएको र यसको जानकारी कार्कीलाई पनि दिईएको उक्त संस्थाका अधिकारीले बताए । प्रहरी हामीले डाकेका हौँ अहिले यस विषयमा हामी छानबिनमै छौँ धेरै बोल्न मिल्दैन ती पदाधिकारीले भने ।
यो घटनाले आफूलाई निकै तनाव भएको, गीत रकर्डगर्न समेत नसकेको निक्कीले वताईन ।
ती पदाधिकारीले बिहान एयरपोर्टवाट होटेलमा लगेर अहिले यति चाडौ रुम चेकइन गर्न मिल्दैन मेरो परिवारको कोठा छ त्यही बस है भनेर कोठामा लग्यो तर, त्यहाँ कोही थिएन निक्कीले भनिन् त्यहाँ यौनजन्य व्यवहार देखाएको निक्कीले वताईन । एउटै रुममा गएर वियर खाऔं भन्ने, राति २ बजे चेक लिन कोठामा आउन भन्ने जस्ता व्यवहार समेत गरेको उनले वताईन ।
म अहिलेसम्म तनावले काममा छुट्टी लिएं कलेज जान सकेको छैन निक्कीले भनिन् ।