हर्टअट्याकको कारण मानिने ट्राईग्लाइसिराइड घटाउने खाना

हर्टअट्याकको कारण मानिने ट्राईग्लाइसिराइड घटाउने खाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ माघ २०७२
  • 14.2K
    Shares

प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लाईसिराइडको रुपमा रहेका छन् । ट्राइग्लाइसिराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ । उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लाइसिराइडको पनि बृद्धि भएमा हर्टअट्याक (हृदयघात)को लागि संभावना बढ्छ । त्यसैले बढेको ट्राइग्लाइसिराइडलाई घटाउनु उपयुक्त हुन्छ ।

ट्राईग्लाईसेराइड घटाउने खाना

१)    पकाउने तेल दैनिक ५–१० ग्राम मात्र प्रयोग गर्ने । तेलमा सूर्यमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्ने ।
२)    चिल्लोमा तारेको खानाहरु जस्तै परौठा, समोसा, पुरी, दालमोठ आदि नखाने ।
३)    प्रशोधित कार्बोहाइड्रेट जस्तै चिनी, गुड, जाम, मह, जूसहरु, चकलेट, मैदाका रोटीहरु, सुजी, सेतो पाउरोटी, विस्केटहरु चाउचाउ, माकारोनी आदि नखाने ।
४)    सोडा बाहेक कुनै पनि कोक, फान्टा, पेप्सी जस्ता पेय पदार्थहरु नपिउने ।
५)    अल्कोहलयुक्त पेय पदार्थ नपिउने ।
६)    बटर, क्रिम, चिज, आईसक्रिम तथा अन्य क्रिमयुक्त खाना नखाने ।
७)    बंगुर र खसीको मासु नखाने । बोसो नभएका कुखुरा र माछा खाए हुन्छ ।
८)    काजु, बदाम, ओखर तथा ड्राइफ्रुटस नखाने ।
९)    पूर्ण गहुँको पिठो (प्रशोधन नगरीएको), गहुँको रोटी, गेडागुडीहरु ओट आदि प्रशस्त प्रयोग गर्ने ।
१०)    खस्रो चामल प्रयोग गर्ने ।
११) सागपात, हरियो तरकारीहरु, फलफुल प्रशस्त खाने
– डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटु रोग विशेषज्ञ

प्रतिक्रिया