चित्त बुझ्दो अभिनय गर्न नपाएकी नायिका उषा बिबाहको दबाबमा !

चित्त बुझ्दो अभिनय गर्न नपाएकी नायिका उषा बिबाहको दबाबमा !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ भाद्र २०७४
  • 9.3K
    Shares

उषा खनाल

म्युजिक भिडियोहरूमा खेल्दै आएकी अविवाहित नायिका एवम् मोडल उषा खनाललाई मन पराउने त धेरै होलान् l अविवाहित उषाले कहिले विवाह गर्ने हुन् त्यसबारेमा केही बताउँदिनन् । भन्छिन्, ‘विवाह कहिले गर्ने केही भन्ने अवस्था छैन । भाग्यमा जहिले लेखेको छ त्यहीले विवाह हुन्छ ।’ विवाहका लागि घरपरिवारमा दवाव रहेको उनको भनाइ छ ।

उषाले भनिन्, ‘मन पराउने अलिअलि छन् । त्यस्तो धेरै होइन । कलाकार भएपछि मन पराउने त भइहाल्छन् नि ।’

नयाँ फिल्मका लागि तयारी भइरहेको बताउने उषाले नयाँ प्रोजेक्टका लागि कुराकानी भइरहेको जानकारी दिंदै छिटै फिल्म शूटिङ हुने संकेत दिईन । उनले नेपाली फिल्महरूमा राम्रो अभिनय गरेको दाबी गर्छिन । तर उनी संतुस्ट भने छैनन् भन्छिन ‘फिल्महरू खेले तर, चित्त बुझ्दो अभिनय गर्न पाएकी छैन’ l ‘मन पर्ने स्क्रिप्ट पाएकी छैन ।’

 

प्रतिक्रिया