गृहमन्त्री मध्यरात गरे १ सय ९० डिएसपीको सरुवा, ९३ को पदस्थापन (हेर्नुस् सूची)

गृहमन्त्री मध्यरात गरे १ सय ९० डिएसपीको सरुवा, ९३ को पदस्थापन (हेर्नुस् सूची)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ भाद्र २०७४
  • 8.7K
    Shares

भाद्र ०१  । नेपाल प्रहरीमा लामो रस्सा कस्सिकाबिच दुई सय ८३ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी मुख्यालयले बुधवार राती एक सय ९० डिएसपीहरुको सरुवा र ९३ डिएसपीको पदस्थापन गरेको हो ।

सरुवा हुने डिएसपीहरु मध्ये तिलक भारती दरवारमार्ग, बिवादीत डिएसपी भुपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, जनक शाही जिप्रका दार्चुला, आभुषण तिमिल्सिना महानगरिय प्रहरी वृत चापागाउ,कुलदिप चन्द्र कमलपोखरी बृत,किशोर कुमार श्रेष्ठ स्वयम्भु बृत,गौतम केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग,रमेश थापा नगर प्रहरी,सन्तोष तामाङ केन्द्रिय प्रहरी समाचार कक्ष,सुदिपराज पाठक बिशेष ब्युरो सरुवा भएको  छ ।

प्रहरी प्रमुखको सचिवालयबाट डिएसपी भुपेन्द्र केसी आउट भएका छन् भने डिएसपी सविन प्रधान आईजीपीको सचिवालयमा छिरेका छन ।

नेपाल प्रहरीमा लामो समयदेखि डिएसपीको सरुवा तथा पदस्थापन हुन सकेको थिएन । जसका कारण संगठन भित्र नैरश्यता देखिएको थियो ।

पदस्थापन भएका डिएसपीहरुको सुचीको लागी यो लिङक क्लिक गर्नुहोस् ।
https://www.nepalpolice.gov.np/images/documents/dysp-padsthapan-2074-04-32.pdf

सरुवा भएको डिएसपीको  सुचीको लागी यो लिङक क्लिक गर्नुहोस् ।

https://www.nepalpolice.gov.np/images/documents/Dysp-sruwa-2074-04-32.pdf

प्रतिक्रिया