आफूलाई प्रहरी हिरासतमाख चरम यातना दिइएको भन्दै त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अन्तर्राष्ट्रिय निकायमा आग्रह गरेकी छन् । शाहले मंलबार विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा १० दिन बस्दा आफूलाई औषधिसमेत खान नदिइएको उल्लेख गरेकी छन् । ‘मेरा कानुनी सल्लाहाकार, शुभेच्छुक र कानुनी सल्लाहाकारलाई समेत भेट्न दिइएन ।
अत्यन्त तल्लो स्तरमा गाली गलौज गरियो जो अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत छ र यो मानवअधिकार उल्लंघनको गम्भीर विषय हो,’ उनले भनेकी छन् ।
शाहले हिरासतबाट पाएको यातनालेद बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको र बल्ल आफूमाथि भएको अन्यायको विरुद्द बोल्न सक्ने भएको उल्लेख गरेकी छन् ।
यस्तो छ गायिका शाहद्धारा जारी विज्ञप्तिः
आदरणीय सञ्चारकर्मी, पत्रकार मित्रहरू,
नेपालको फौजदारी न्याय प्रणालीमा प्रहरीले गर्ने अनुसन्धान र अभियोजनका क्रममा मैले भोगेका र देखेका ज्यादतीका सम्बन्धमा तथ्यहरु उजागर गर्नैपर्ने देखेर म यो वक्तव्य जारी गर्दै छु ।
बिना सबुत–प्रमाण कसैलाई रिसइबि साँध्न र कसैको बहकाउमा आएर पक्राउ गर्न कानुनको आदर्श र सिद्धान्तले कसैलाई छुट दिएको छैन । अझ अनुसन्धानको क्रममा हिरासतमा प्रहरीबाट यातना पाउने अवस्थाको कल्पना पनि गर्न सकिँदैन, विधिको शासनमा । तर म र मेरा श्रीमान् इन्द्रबहादुर गुरुङमाथि नितान्त व्यक्तिगत रिसइबि साँध्न हुँदै नभएको अभियोगमा महानगरीय प्रहरी वृत्त, टेकुले सोधपुछ गर्न भनी बोलाएर प्रहरी परिसरमै पक्राउ गरी झूठो मुद्दा चलायो । त्यो मुद्दा कतिसम्म आधारहीन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ ।
प्रहरी हिरासतमा १० दिन बस्दा बिरामी मलाई औषधिसमेत खान दिइएन । मेरा कानुनी सल्लाहकार, आफन्त, सञ्चारकर्मी र सुभेच्छुकलाई भेट्नसमेत दिइएन । अत्यन्त तल्लो स्तरमा गालीगलौज गरियो, जो अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत छ र यो मानवअधिकारको गम्भिर उलङ्घनको विषय हो ।
हिरासतमा प्रहरीले केही थुनुवालाई पिटेको पनि मैले देखँे । आजको सभ्य समाजमा हिरासतमा थुनुवामाथि अमानवीय र यातनापूर्ण व्यवहार सह्यै हुन सक्दैन । नेपालको प्रहरी हिरासतमा हुने दुव्र्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन म राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगहरुलाई अपील गर्दछु ।
ममाथि प्रहरीले लगाएको झूठा मुद्दाको नाम ‘केही सार्वजनिक अपराध’ हो तर यसको संवेदनशीलता नबुझी केही संञ्चार माध्यममा ठगी मुद्दा भनेर आएकोमा त्यसलाई यहाँबाट चाहिँ नदोहो¥याइयोस् भन्ने आग्रह पनि गर्दछु ।
दूधको दूध, पानीको पानी छुट्टयाउने न्याय प्रणालीप्रति आभारी छु । हिरासतबाट पाएको यातनाले बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको छ र बल्ल म आफूमाथि भएको अन्यायको विरुद्ध यसरी बोल्न सक्ने भएकी छु ।
ममाथिको झूठा मुद्दा र हिरासतमा दिइएको यातना नेपालको संविधानको ठाडो उल्लङ्घन त हुँदै हो, सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार र सम्पत्तिको अधिकारको पनि हनन हो । दोषीमाथि कारवाही होस् ।
रेखा शाह
२०७२ माघ १२ गते, मङ्गलबार