आफैँले चढेको हेलिकप्टरको बिलले मन्त्री पाश्वानलाई हैरानी

आफैँले चढेको हेलिकप्टरको बिलले मन्त्री पाश्वानलाई हैरानी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ साउन २०७३
  • 12K
    Shares

वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे । मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए ।

तर उनलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको दुखाई बनेको छ । नेपाली सेनाले मन्त्री पासवानका लागि चार्टर गरिएको हेलिकप्टरको बिल तिरिदिन चार महिनादेखि रक्षा मन्त्रालय हुँदै वातावरण मन्त्रालयलाई ताकेता गरिरहेको छ, तर मन्त्रालयले त्यो आफ्नो कार्यक्रममा प्रयोग नभएको भन्दै पन्छिरहेको छ ।

साईकल चढेर वाही वाही पाएका बाताबरण मन्त्रि विश्वेन्द्र पाश्वान
साईकल चढेर वाही वाही पाएका बाताबरण मन्त्रि विश्वेन्द्र पाश्वान

मन्त्री पासवान भने बिलले हैरान भएका छन्। ‘हामीले सेनाको बिल बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा पठाइदिएका छौं,’ मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव हरि घिमिरेले मंगलाबार भने, ‘हामीले तिर्न मिल्दा पनि मिल्दैन, बजेट पनि छैन ।’

सेवा निबृत्त हुनुभन्दा दुई दिन अघि गत चैत १५ मा तत्कालीन सचिव विजयकुमार मल्लिकले मन्त्री पासवानका लागि हेलिकप्टर उपलब्ध गराईदिन रक्षा मन्त्रालयलाई आग्रह गरेका थिए । त्यसै अनुसार रक्षाले मन्त्री पासवानका लागि सेनाको पाँच सिटे हेलिकप्टर उपलब्ध गराएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया