टर्कीमा सैनिक ‘कु’को प्रयास असफल भएको छ। झडपमा १ सय ६१ जनाको मृत्यु भएको छ। सैनिक कुमा संलग्न रहेको आरोपमा सरकारले दुई हजार ८ सय ३९ सैनिक अधिकारीलाई नियन्त्रणमा लिएको छ। टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा एक हजार ४ सय ४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको जानकारी दिएका छन्। थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी रहेको प्रधानमन्त्री यिल्दिरिमले बताएका छन्।
राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो । सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरु सडकमा आएको थियो ।
छुट्टी मनाउन गएका राष्ट्रपति रेचप तैयब एर्दोआनले देश फर्किएर लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरेक थिए । लगतै हजारौं मानिस सडकमा आएर बिरोध प्रदर्शनका साथ्प प्रतिबाद गर्न शुरु गरेपछ्ही इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरुले बिद्रोही सैनिकमाथि बेल्टले हानेको तथा सैन्य टंकहरु कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।

बिद्रोही सैनिकहरुको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ ।
सेनाको हेलिकोप्टरमा ग्रिस पुगेका ८ जनालाई फिर्ता पठाइएको छ, जो शरण माग्न ग्रिस पुगेका थिए । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।
सैन्य कूको योजनाकार अझै प्रष्ट भएको छैन । तर, टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयासको आरोप निर्वासित इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुने नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ । तर, अमेरिकामा बस्ने गुलेनले भने सैन्य कूको प्रयासमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
यसैबीच शुक्रबारको ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ । प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने वताएका छन्
गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आएका छन् । एजेन्सीहरु