सैनिक ‘कु’ को प्रयासपछि टर्कीमा तनाव, कम्तीमा ४२ जनाको मृत्यु

सैनिक ‘कु’ को प्रयासपछि टर्कीमा तनाव, कम्तीमा ४२ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ असार २०७३
  • 13.5K
    Shares

टर्कीमा सैनिक ‘कु’ को प्रयास भएको छ । सेनाको एक समुहले कु को प्रयास गरेको भएपनि टर्कीस प्रधानमन्त्री रेसिप तैयिपले स्थिति आफ्नै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
तर, स्थानीय समय अनुसार शुक्रबार राति सुरु भएको कू को प्रयास शनिबार बिहानसम्म पनि जारी नै छ । टर्कीका विभिन्न स्थानमा सरकार समर्थक र कु गर्ने सेनाबीच भीडन्त भइरहेको समाचारमा जनाइएको छ ।

विद्राहीहरुले अंकारामा रहेको संसद भवनमा विस्फोट गराएका छन् भने इतानबुलस्थित विमानस्थल आफ्नो नियन्त्रणमा लिएका छन् । कू प्रयासका क्रममा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । यस्तै सरकारले सयौंलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति एर्दोगानका अनुसार कूको प्रयासमा अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनको नेतृत्व रहेको छ । राष्ट्रपति एर्दोगानले पहिलेदेखि नै गुलेनले आफ्नो समर्थनमा रहेका न्याय प्रशासन र सैनिकहरुलाई सरकारलाई अपदस्त गर्न आवहान गर्दै आइरहेका थिए ।

यसैबीच टर्कीमा सेनाको एक सुमहले कु गर्ने प्रयास गरेसँगै त्यहाँका राष्ट्रपति रेसिप तैयिप एर्दोगान आफ्ना समर्थकहरुका साथ इस्तानबुल विमानस्थलमा देखिएको समाचारमा जनाइएको छ ।
यसअघि सीएनएनसँग कुरा गर्दै उनले स्थिति आफ्नै नियन्त्रणमा रहेको बताएका थिए ।
लगत्तै एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति एर्दोगानले आफूलाई सत्ताच्युत गर्ने प्रयास राष्ट्रद्रोह भएको बताएका छन् ।
उनले आफू टर्कीका जनताहरुको साथमा नै रहेको र कहीँ नजाने पनि बताए। उनी कूको प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा थिए । त्यहाँबाट उनी इस्तानबुल आएका थिए ।

राष्ट्रपतीले ‘कू’ प्रयासको आरोप लगाएका फतहुल्लाह गुलेन

फतहुल्लाह गुलेनलाई टर्कीको दोस्रो शक्तिशाली व्यक्तिको रुपमा चिनिन्छन् । इस्लामी धर्मगुरु फतुल्लाह गुलेनको टर्कीमा लाखौं अनुयायी छन् । डेढ सयभन्दा बढी देशमा उनको विद्यालय छन् भने उनको कारोबार अरबौं डलरको छ ।

फतहुल्लाह गुलेन
फतहुल्लाह गुलेन

नी ९० को दशकदेखि अमेरिकाको पेनसिलभियामा आत्म निर्वासनमा बसिरहेका छन् । टर्कीमा उनीविरुद्ध देशद्रोहको आरोप लागेपछि उनी अमेरिका गएका थिए । यद्यपी, उनलाई पछि आरोपमुक्त गरियो । गुलेनले सधैं मिडियालाई बेवास्ता गरे तर सन् २०१४ जनवरीमा उनले बीबीसीसँग साक्षात्कार गरेका थिए, जसमा उनले सरकार विरुद्ध केही पनि काम नगरेको बताएका थिए ।

७५ वर्षीय फतहुल्लाह थुप्रै रोगका शिकार हुन् र उनी स्वास्थ्यसँग संघर्ष गरिरहेका छन् । उनी टर्कीका राष्ट्रपती रिसेप तइप एर्दोगानसँग निकै नजिक भएको मानिन्थे तर अब एर्दोगान उनलाई राजनीतिक प्रतिद्वन्दी मान्छन् । राष्ट्रपतीले उनको हिजमत अभियानको पहुँच र प्रभाव कम गर्ने कोशिस गरिरहेका छन् ।

एर्दोगान हिजमत अभियानसँग जोडिएका मानिसहरुलाई ‘राष्ट्रभित्र पृथक राष्ट्र’ भनेर सम्बोधित गरिसकेका छन् । बीबीसीले जब गुलेनसँग साक्षात्कार गरेका थिए तब उनले पत्रकारहरुलाई उनको घर पनि देखाएका थिए । अचम्मको कुरा  के छ भने, उनी एक ठूलो परिसरमा बनेको घरको सानो कोठामा बस्दछन् ।

प्रतिक्रिया