पूर्व अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित गरिने

पूर्व अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित गरिने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ साउन २०७४
  • 10.1K
    Shares

दोस्रो पोखरा स्र्पोट्स अर्वाडमा यस पटक पूर्व अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित गरिने भएको छ । मोफसलका खेलकूद पत्रकारहरुको साझा संगठन नेपाल खेलकुद पत्रकार मंच कास्कीले आयोजना गर्ने सो अवार्ड वितरण कार्यक्रम साउन २१ गते पोखरामा हुँदैछ ।
गत वर्ष वाट सुरु भएको यस वर्षको अवार्ड वितरणमा उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ्ग र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन । यसै गरि वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र हृयाण्डवलका विशाल वस्नेत मनोनयनमा परेका छन ।
वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिवलकी ममता डगौरा, एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन । यसै गरि उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुन वहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन । यसै वर्ष वाट थप गरिएको वर्ष उत्कृष्ट संघ वाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मंचले जनाएको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ ।
मनोनयनमा परेका तिन जना मध्ये प्रत्येक बिद्या वाट एक-एक जनाले अर्वाड प्राप्त गर्ने छन । महिला तथा पुरुष उत्कृष्टलाई २५-२५ हजार र अन्य लाई जनही १०-१० हजार नगद र अर्वाड सहित सम्मानित गरिने छ ।
कार्यक्रममा ख्याीतप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकार गायक प्रमोद खरेल, विनोद वानियाको प्रस्तुीत रहनेछ । कार्यक्रममा नृत्य प्रस्तुति, बिबोईङ, जुम्बा डान्स, खेलाडीद्वारा र्‍याम्प वाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुती समेत रहने मंचले जनाएको छ ।
मंचका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहाकार रमेश पौडेल, मंचका सचिव रन्जन अधिकारीले अर्वाडलाई सफल वनाउन सवैले आ-आफ्नो ठााउ वाट सक्दो सहयोग गर्न आहृवान गरेका थिए ।
गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराातेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

प्रतिक्रिया