गर्भवती हुन डराउने सन्नी आमा बनिन्

गर्भवती हुन डराउने सन्नी आमा बनिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ साउन २०७४
  • 9.4K
    Shares

बलिउड नायिका सन्नी लियोनी आमा बनेकी छिन् । केही वर्ष सन्तान नजन्माउने योजनामा रहेकी सन्नी आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्छ सक्छ । उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् ।

हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले अपनाएकी छिन् । वालिकाको नाम निशा कौर राखिएको छ । आफुलाई आमा बन्ने रहर भएपनि गर्भवती हुन डर लाग्ने बताउँदै आएकी सन्नीले काम धेरै गर्न बाँकी रहेकाले तत्काल गर्भवती हुन सम्भव नभएको धारणा राख्दै आएकी थिइन ।

 

रियालिटी शो ‘बीग बोस’ मार्फत बलिउडमा प्रवेश गरेकी सन्नीले दर्जन बढी हिन्दी चलचित्रमा काम गरेकी छिन् ।

प्रतिक्रिया