चीन र भारत बिचको डोप-लाम विवादका अनेक पक्ष

चीन र भारत बिचको डोप-लाम विवादका अनेक पक्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 10.9K
    Shares

युवराज संग्रौला

चीन र भारत बिचको डोप-लाम विवादका अनेक पक्ष छ्न।
१. भारतमा मोदिको बिजय पछि चीनले आफ्नो परराष्ट्र नितिमा, खासगरी भारतलाइ हेर्ने र गर्ने दृष्टिकोणमा परिबर्तन गर्ने संकेत गर्यो। सि जिनपिङ्ग भारत गए। भारतीय पहिरन लगाए। यो शुभ संकेत थियो। तर चीन संङ्गको यो सबन्धलाइ बिगार्न भारतको पस्चिमी दिमागबाट बनेको थिंक टैन्कले शहन सकेन। पस्चिममा आबासगर्ने चारलाख भारतीयहरुले मोदिलाइ पश्चिम तर्फ आकर्सित गरे।
२. यसबाट एसियाको एकीकरणमा सहयोग पुग्ने चिनले अघि सारेका बेल्ट र रोड, ब्रीक्स, एआइआइबि कार्यक्रममा भारतको भुमिका बिस्तारै असहयोगी बनेको देखियो। डोप-लाम चुम्बीभेलि रोड नाथुला बाट भारतमा ब्यापार बढाउने अवसरको रुपमा भारतले हेरेन। उस्ले यसलाई सुरक्षाको बिन्दुबाट हेर्यो र सैनिक गतिबिधी बढायो।
३. यसका पछाडि पस्चिमी रणनीतिले काम गर्यो जो भारतमा पस्चिमी देशमा बस्ने भारतीयहरु मार्फत भारतीय सरकारमा पुग्छ। भारतले भुटानमाथी आफ्नो अधीन भत्कन सक्ने खतराबाट डोप-लाम मा चिनको बाटो खन्ने योजनाको बिरोध गर्‍यो। तेसैले यो समस्या सिमानाको होइन, भारतको भुटानमाथीको सन १९४९को सन्धिद्वारा स्थापित स्ट्याट्स को लाई जोगाउने प्रयास हो।
४. भारतको कुटनैतिक असफलता बन्न पुग्यो यो घटना। अहिले सम्म चिनले भारतको सिक्किम कब्जा र भुटानको परराष्ट्र सम्बन्ध माथिको अधीनलाई विवादमा ल्याएको थिएन। तर अहिलेको परिस्थितिले भुटानलाई यात भारतको अधीन स्विकार्नु पर्ने वा चीन सङ्ग कुराकानि गरि समस्या समाधान गर्दै भारतको अधिनमुक्त हुनु पर्ने अवस्था सिर्जना भएको छ। यो भारतको परराष्ट्र नितिको अपरिपक्वता देखियो।
५. तेसैले युद्ध हुँदैन। अब चिनले पनि भारतले दलाइ लामा को प्रयोग जस्तै सिक्किमको स्वतन्त्रता र भुटान संङ्गको भारतको असमान सन्धि छ्लफलको बिसय बन्यो।

प्रतिक्रिया