चीनसँग झुक्यो अमेरिका, उत्तर कोरियालाई नाकाबन्दी लगाउन सहयोग माग

चीनसँग झुक्यो अमेरिका, उत्तर कोरियालाई नाकाबन्दी लगाउन सहयोग माग


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 13.4K
    Shares

विश्वकै शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले चीनसँग सहयोग मागेको छ । बुधबार संयुक्त राज्य अमेरिकाका उच्च कुटनीतिज्ञले उत्तर कोरियाद्वारा हालै गरेको चौथो आणविक परीक्षण एसिया क्षेत्रको स्थायित्वका लागि समस्या हुनसक्ने भन्दै प्योङयाङका विरुद्धमा नाकाबन्दी लगाउन आग्रह गरेका हुन् । प्योङयाङका विरुद्धमा नाकाबन्दीका लागि भइरहेका भनिएका अन्तरर्राष्ट्रिय प्रयासमा चीनलाई पनि सघाउन उनले अनुरोध गरेका प्राप्त समाचरमा जनाइएको छ ।

दुई दिने भ्रमणको क्रममा सिओल आउनुभएका अमेरिकी उपविदेशमन्त्री टोनी ब्लिङकनले प्योङयाङ विरुद्ध नाकाबन्दी लगाउने कुरामा चीनको विशेष भूमिका रहने बताउनुभयो । ब्लिङ्कन यही बिहीबार बेइजिङ पुग्ने कार्याक्रम छ । त्यहाँ रहँदा उहाँले चिनियाँ नेता तथा कुटनीतिज्ञसँग भेटी यस विषयमा छलफल गर्नुहुने कार्यक्रम छ । ब्लिङ्कनको बेइजिङ भ्रमण अमेरिकी विदेशमन्त्री जोन केरीको आगामी हप्ता हुने चीन भ्रमणको केही दिन अगाडि हुनेछ । ‘हामी चीनले प्योङयाङ विरुद्धको प्रतिबन्ध विषयमा कदम चालोस भन्ने चाहन्छौं- ब्लिङकनले दक्षिण कोरियाली विदेशमन्त्री यून बोआइङ सेसगँको कुराकानीका क्रममा भन्नुभयो ।’

पछिल्लो समय उत्तर कोरियाद्वारा आणविक हतियार निर्माणमा देखाइएको महत्वकांक्षापछि चीन पनि अरु विश्व राष्ट्रजस्तै उत्तर कोरियाको यी गतिविधिप्रति सन्तुष्ट छैन । गत हप्तामात्र उत्तर कोरियाले गरेको हाइड्रोजन परीक्षणपछि विश्वमा उत्तरका विरुद्धमा उभिन अमेरिकाले विश्वका कतिपय राष्ट्रलाई आग्रह गरिरहेको छ । सो बम परीक्षणपछि छिमेकी देश दक्षिण कोरियापनि यसका विरुद्धमा देखिदै आएको छ । यसका कारण एसियाकै शान्ति व्यवस्थामा असर पर्ने भन्दै दक्षिण कोरियाले यसको व्यापक मात्रामा विरोध गर्दै आएको छ । दक्षिण कोरियाले नै उत्तरका विरुद्धमा नाकाबन्दी गरी आवश्यक कारबाही गर्न विश्वलाई आग्रह गर्दै पनि आएको छ । रासस/एएफपी

प्रतिक्रिया