ललितपुरमा पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २० घाइते

ललितपुरमा पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २० घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असार २०७३
  • 9.5K
    Shares

ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुल नजिकै बनाइएको पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु भएको छ । पर्खालले च्यापिएर २० जना घाइते भएका छन् । जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्ता भत्किएर कक्षा आठ र तीनका विद्यार्थीहरु च्यापिएका थिए ।

पुष्पाञ्जली बोर्डिङ स्कुलका घाइते विद्यार्थीका झोला
पुष्पाञ्जली बोर्डिङ स्कुलका घाइते विद्यार्थीका झोला

उपचारको क्रममा टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए । पुनमगरको आमा नभएकाले आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।

जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल भत्किएको ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुल
जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल भत्किएको ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुल

विद्यालयको भित्ता कमजोर भएकाले प्लटिङ गरिएको ढुंगाको पर्खाल थेग्न नसकेकाले बढी क्षति भएको बताइएको छ । घाइते भएकाहरुको बी एण्ड बी र पाटन अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा भएका घाइते विद्यार्थीको सुची
पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा भएका घाइतेको सुची

 

प्रतिक्रिया