नया सरचना पाउदै पोखरा रङ्गशाला,प्यारापिट भत्काएर नयाँ बनाउन ८५ करोड बजेट

नया सरचना पाउदै पोखरा रङ्गशाला,प्यारापिट भत्काएर नयाँ बनाउन ८५ करोड बजेट


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असार २०७४
  • 14.6K
    Shares

पोखरा  । साडे दिन दशक पुरानो पोखरा रङगशालाको सरचना अब नया बनाइने भएको छ। पुराना दुई प्यारापिट भत्काउन र अन्य केही कामको लागि मन्त्रालयले तीन करोड रुपैयाँ बजेट क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई उपलब्ध गराएको छ ।

नयाँ संरचना बनाउने काम आर्थिक वर्षदेखि शुरु हुने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । ‘असारमा भत्काई नयाँ आर्थिक वर्षमा टेण्डर प्रक्रियाबाट काम थालनी गरिने छ ।’ उनले भने—‘नयाँ संरचना(प्यारापिट)को लागि ८५ करोड बजेट मन्त्रालयबाट पास भईसकेको छ ।’

भत्काउने र नयाँ निर्माणले रंगशालामा हुदैं आएका प्रतिष्ठित फुटबल प्रतियोगिता प्रभावित हुने छ । ‘प्यारापिट फुटबल मैदानको चारैतिर निर्माण हुने छ ।’ उनले भने—‘त्यसको लागि आवश्यक सबै काम फाईनल भईसकेको छ ।’ दुई प्यारापिटका संरचना पोखरामा २०४० सालमा आयोजना गरिएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा निर्माण गरिएको थियो । विशिष्ट कक्षलाई केही सुविधायुक्त बनाउन अघिल्लो जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले मर्मत सम्भार गरेका थिए । मर्मत सम्भार गरिएपनि २०७२ बैशाख १२ र २९ गएको भूकम्पले कमजोर बनाईदिएको छ ।

फुटबल प्यारापिटकै कारण रंगशालाभित्रको क्रिकेट मैदान पनि केही दक्षिण तर्फ सर्ने सम्भावना उत्तिकै छ । मन्त्रालयले उपलब्ध गराएको बजेट केवल प्यारापिटको लागि मात्रै नभई अन्य पुर्वाधारको लागि समेत खर्च हुने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्यारापिट र क्रिेकटको पवेलियन दक्षिण पश्चिम क्षेत्रमा जोडिने सम्भावनाले पनि क्रिकेट मैदान केही पर सर्ने सम्भावना छ । 

बोरिङ मर्मत र पीच निर्माण तत्काल


उपलब्ध बजेटले रंगशालाभित्र रहेको बोरिङ खानेपानीलाई तत्काल मर्मत सम्भार गरी अभाव पूर्ति गरिने छ । प्यारापिट निर्माण अगावै रंगशालाभित्रको खानेपानीको बोरिङ पूर्णरुपमा सञ्चालनमा ल्याउने दावी खेलुकद समितिले गरेको छ । पोखरा उपमहानगरपालिकासितको सहकार्यमा अहिले भईरहेको विशिष्ट प्यारापिटसम्मको बाटोलाई कालोपत्रे गरिने छ । कालोपत्रे गर्न मन्त्रालयले पनि आवश्यक ३० लाख रुपैयाँ उपलब्ध गराईदिएको छ । आर्चरी खेल मैदान समेत केही साँघुरिने देखिन्छ भने भर्खरै निर्माण गरिएको अन्नपूर्ण स्केट पार्कलाई व्यवस्थित गर्न तारजाली लगाई संरक्षण गरिने अध्यक्ष पौडेलले बताए ।

पाँच वर्ष अघि निर्माण गरिएको सेमीकर्भड हल मर्मत गरिने छ । त्यसको अलवा कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरी खेलमैदान र हेमजास्थित खेलमैदानलाई समेत व्यवस्थित गर्ने केही लगानी गरिने छ ।

प्रतिक्रिया