नाकबन्दीबारे मोर्चाकै नेताको मत बाँझियो

नाकबन्दीबारे मोर्चाकै नेताको मत बाँझियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 11.4K
    Shares

जारी नाकाबन्दी र मधेस आन्दोलन बारे मधेसीमोर्चाका नेताहरुकै फरक–फरक अभिब्यक्ती सर्बजनिक भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र  मोर्चाको साझेदार तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी र आन्दोलन बारे आ–आफ्नै तर्क गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाको माग पूरा नभएकोले वीरगञ्ज नाकाको धर्ना जारी रहने र वीरगञ्ज नाका नखुल्ने बताएका छन्।  विराटनगर तीनटिलोयिास्थित आफ्नै निवासमा मंगलबार पत्रकार सम्मेलन गरी यादवले भने,‘संविधान संशोधन प्रक्रियालाई भारतले सकारात्मक भनेपनि नेपाली जनताले सकारात्मक भनेका छैनन् । जनताले नभनी अरुले सकारात्मक भनेर हुदैन’ संशोधनले मोर्चाको माग पूरा नगरेको जिकिर गर्दै यादवले यसप्रति आफूहरुको समर्थन नरहेको बताए ।

तर मोर्चाको साझेदार तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले काठमाण्डौंमा सञ्चारकर्मीसंग कुरा गर्दै विगत ५ महिनादेखिको हडताल र नाकाबन्दी माघ १८ गते औपचारिक रुपमा खुलाउने बताएका छन् । उनले भने नाकाबन्दी आन्दोलन अन्त्य  गदै  अबको आन्दोलनको स्बरुप परिबर्तन गर्ने बिषयमा आन्तरिक रुपमा सहमति गरिसकेको बताए ।
फोरमका अध्यक्ष यादवले भने‘देशका सबै नाका खुलेकै छन् तर सरकार भने कालोबजारीमा लागेकाले अहिले अभाव भएको छ । सरकारले नै कालोबजारीलाई प्रश्रय दिएको छ।’मधेशी मोर्चाको माग पूरा नभएसम्म वीरगञ्जको नाका नखुल्ने यादबले  दाबी गरे ।
सद्भावनाका अध्यक्ष यादवले भने ‘अब आन्दोलनको कार्यक्रम राजधानीसहित सहर र जिल्ला सदरमुकाम केन्द्रीत हुने हुन्छन् । सबै आन्दोलनरत समूहरु आदीबासी, जनजाति, थारु, दलित, मुस्लिमसहितका समूदायसँग सहकार्य गरेर महागठबन्धन निर्माण गरेर अघि बढ्छौ ।’ उनले भारतसँग सम्बन्ध सुमधुर बनाएर जाँदा मुलुकको हित हुने भन्दै अब नेपाल भारत सीमा नाका अबरुद्ध पारेर आन्दोलन नगरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए ।
मोर्चाका नेताहरुले आ–आफ्नै तर्क गरिरहदा बिगत ५ महिना देखिको नाकाबन्दी र मधेस आन्दोलनले आक्रान्त बनेका जनतामा अझै अन्योलता बढेको छ।

प्रतिक्रिया