अख्तियारपछि कनकमणिमाथि राजस्व विभागको निगरानी, पत्र लेखेर माग्यो विदेशी बैंकमा रहेको डलरको विवरण

अख्तियारपछि कनकमणिमाथि राजस्व विभागको निगरानी, पत्र लेखेर माग्यो विदेशी बैंकमा रहेको डलरको विवरण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असार २०७३
  • 9.9K
    Shares

अकुत सम्पत्ति आर्जनमा अख्तियारको छानविनमा परेका मिडिया उद्यमी तथा एनजिओकर्मी कनकमणी दिक्षितमाथि राजस्व अनुसन्धान विभागले पनि छानविन शुरु गरेको छ । विभागले कनकमणि दिक्षितका नाममा पत्र लेखेर विदेशी बैंकमा रहेको पैसा र लगानीबारे जानकारी माग गरेको छ ।
उच्च स्रोतले रातोपाटीलाई दिएको जानकारी अनुसार सोमबार विभागले पत्र दिक्षितको घरमा पुर्याएको थियो । तर दिक्षित नेपाल बाहिर रहेकाले उनको पत्र छोरा इलम दिक्षितले बुझेका छन् । विभागले कनकलाई सात दिनभीत्र विदेशी बैंकमा रकम र लगानीबारे जवाफ दिन भनेको छ । विभागले दिक्षितले विदेशी मुद्रा अपचलन गरेको आरोप लगाउँदै यसबारे जवाफ माग गरेको छ । सम्पत्ति विवादमा तानिएपछि दिक्षित हाल लण्डनमा छन् ।

अख्तियारको अनुसन्धानले कनकको विदेशमा रहेको ब्यालेन्स र लगानी यस्तो छ :

स्वेदशमा भन्दा विदेशी बैंकहरुमा धेरैवटा खाता खोलेका दिक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको पाइएको छ । त्यस्तै बेलायतको एच.एस.बी. सी. बैंकमा कनकमणी र शान्ता दिक्षीतको नाममा रहेका दुईओटा खातामा २७ हजार ६ सय ३८ पाण्ड स्ट्रलिङ मौज्दात रहेको देखिएको छ ।

श्रीमती शान्ताको नाममा रहेको बेलायतको एच.एस. बि.सी बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको खुलेको छ । उनका बाबु कमलमणी दिक्षित, अन्जु दिक्षित र कनकमणी दिक्षितको नाममा रहेको लण्डनको एच.एस. बि.सी बैंको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको भेटिएको छ । यसरी लण्डनबाट दिल्लीमा पैसा पठाएको कुरा दिक्षितले राष्ट्रबैंकलाई जानकारी नगराएको अख्तियारले जनाएको छ । त्यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकमा दिक्षितको नाममा ३६ हजार कित्ता शेयर लगानी रहेको पाइएको छ ।

बेलायतको एच.एस. बि.सी बैंकमा दिक्षित र उनको श्रीमतीको संयुक्त नाममा एक लाख बिस हजार कित्ता साधारण शेयर रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । आधा दर्जनभन्दा बढी विदेशी संघ–संस्थाबाट विभीन्न मितीमा ११ करोड बाह्र लाखभन्दा बढी रकम दिक्षित अध्यक्ष रहेको साउथ एशिया ट्रस्ट नामक संस्थालाई प्राप्त भएको देखिएको छ । अकुत सम्पती आर्जन गरेको आरोपमा अख्तियारले दिक्षितमाथि गत वैशाखदेखि अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया