तीन जना एसपी र ११ डिएसपीहरुको काज सरुवा

तीन जना एसपी र ११ डिएसपीहरुको काज सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 1.2K
    Shares

काठमाडौँ, २ मङ्सिर २०८३।

काठमाडौं — नेपाल प्रहरीमा तीन जना प्रहरी उपरीक्षक (एसपी) र आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ११ जना अधिकृतहरुको काज सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक डा. मनोज केसीको निर्णयअनुसार उनीहरूको जिम्मेवारी हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ। उनको ठाउँमा एसपी कार्जी कुमार आचार्यलाई ल्याइएको छ। एसपी सुदीप पाठकलाई भने विशेष ब्युरोमा सरुवा गरिएको छ।

डीएसपीतर्फ केन्द्रीय लेखामा विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दान बहादुर थापालाई ल्याइएको छ।

त्यस्तै कर्मचारी प्रशासन शाखाका मदन कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, प्रबन्ध निर्देशनालयका प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

अछामका डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र दमकका डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा पठाइएको छ।

प्रहरी स्टाफ कलेजको तयारीका लागि बम र बस्नेतलाई कार्यबोझ कम भएको कार्यालयमा काज सरुवा गरिएको प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार