पोखरामा देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच झडप, १४ जना प्रहरी नियन्त्रणमा

पोखरामा देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच झडप, १४ जना प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 3.5K
    Shares

पोखरा, २९ कार्तिक २०८३ ।

पोखरामा देउसी–भैलो खेल्ने क्रममा झगडा गर्ने १४ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि अनुसन्धानका लागि भन्दै प्रहरिले १४ जना युवाहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गएको बिहिबार साँझ पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच सामूहिक रूपमा झै–झगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनामा एक जना व्यक्ति घाइते भएका थिए। घाइतेको फिस्टेल अस्पतालमा उपचार गरिएको र उपचारपछि उनी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा एक जना महिला र १३ जना पुरुष गरी जम्मा १४ जनालाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार