जिविस प्राविधिकलाई विप्लव माओवादीको कालोमासो

  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असार २०७३
  • 19.1K
    Shares

जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई आज विहान विप्लव नेतृत्वको ने क पा माओवादीले कालीकोटको सदरमुकाम मान्मको विच बजारमा कालोमोसो दलेको छन ।

ने क पा माओवादी कालीकोटले विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टामेट अनुसार नभएको भन्दै दुःखदिने गरेको आरोप लगाएको छ ।

साथै माओवादीले कर्णालि रोजगार कार्यक्रममा सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको पर्चामा उल्लेख गरेको छ । साथै रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेको नदिएमा योजनाहरुको फरफराकमा रोकेको बताइएको छ ।

कालीकोट जिल्लामा माओवादीले भष्ट्राचार गर्ने र गराउनमा सहयोग गर्नेलाई आफुहरुले जस्तोसुकै चुनौति आएपनि नछाड्ने बताएको छ । विप्लव माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीका अनुसार आफहरुको लिष्टमा धेरै भष्ट्रचारीहरुको विवरण रहेकाले निरन्तर जारी राख्ने बताएका छन ।

केही दिन अघि जिल्ला सदरमुकाम मान्ममा आयोजित सभामा आफुहरुले जिल्लाका भष्ट्रचार गर्नेहरु माथि आफुहरुले कावाही गर्ने भन्दै उक्त पार्टीका केन्द्रिय सदस्य एटम विसिले उद्घोष गरेको एक हप्ता भित्र जनक रोकाया माथि कालोमोसो दलिएको बताइएको छ ।

सार्वजनिक स्थलमा जिविस प्राविधिक जनक रोकाया माथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको आरोपमा माओवादी पूर्व जनसरकार प्रमुख तथा भेरी कर्णालि मुक्ति मोर्चाका कर्णालि संयोजक कर्ण बहादुर भण्डारी(विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक टेक बहादुर जोराले जानकारी दिएका छन । उनका अनुसार घटनामा संलग्नहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको बताइएको छ ।

माओवादी कालीकोटले विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टामेट अनुसार नभएको भन्दै दुःखदिने गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया