बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा एकाबिहानै तीन मजदुर पुरिए, उद्धार जारी

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा एकाबिहानै तीन मजदुर पुरिए, उद्धार जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०८३
  • 247
    Shares

बागलुङ, १९ असोज २०८३।

बागलुङको निसीखोला गाउँपालिका-३ बोहरागाउँमा आज बिहान सडक स्तरोन्नतिको क्रममा पहिरो खस्दा तीन जना मजदुर पुरिएका छन्।

जिल्लाको झिवाखोलाबाट बोहरागाउँ जोड्ने भित्री सडक खण्डमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिएका हुन्।

ढिस्कोमा पुरिनेहरूमा लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्णबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए । उहाँका अनुसार पुरिएकामध्ये कृष्णबहादुर घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्य दुई जनाको उद्धार कार्य जारी रहेको छ।

लु १ क ३४४६ नम्बरको जेसिबीले बाटो खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको प्राप्त समाचारमा जनाइएको छ।

फोटो: मेटाले तयार पारेको सांकेतिक फोटो

प्रतिक्रिया