स्याङ्जा, १९ असोज २०८३।
स्याङ्जामा आठ वर्षीया बालिका वलात्कार गरेको आरोपमा ३० वर्षीय युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२, खाल्टे निवासी ३० वर्षीय सुरज भन्ने सुरोज नेपाली रहेका छन्।
प्रहरीका अनुसार , अभियुक्त नेपालीले ती बालिकालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोप रहेको छ।
अभियुक्त नेपालीविरुद्ध बरजस्ती करणी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (नाबालिकाको पहिचान गोप्य राखिएको छ। तस्वीर सांकेतिक हो।)